AutoCAD मा नापी नक्सा अर्थात् Cadastral Map को scale कसरी मिलाउने ?
AutoCad मा कुनै पनि जग्गाको exact क्षेत्रफल पत्ता लगाउन वा साइट प्लान बनाउन नापी नक्साको scale मिलाउनु पर्ने हुन्छ । त्यसको लागि निम्न प्रक्रिया अपनाउनु पर्दछ ।
१. सबैभन्दा पहिला AutoCad मा नापी नक्सा Insert गर्ने ।
२. त्यसपछि SCALE कमाण्ड टाइप गरेर इन्टर थिच्ने ।
३. अब Insert गरिएको नक्सा Select गर्ने र इन्टर थिच्ने ।
४. अब नक्साको कुनै एक छेउमा माउसले थिच्ने र R कमाण्ड टाइप गरेर इन्टर थिच्ने ।
५. त्यसपछि नक्सामा वास्तविक दूरी थाहा भएको कुनै लाइनको एक बिन्दुमा थिचेर अर्को बिंदु थिच्ने ।
६. अब उक्त लाइनको वास्तविक दूरी टाइप गरेर इन्टर थिच्ने।









Post a Comment