कुन कुन बैंकले लिन्छन त सि-आस्वा (CASBA) चार्ज ? | C-ASBA Charge taken by Nepali Banks while applying for IPO. | UPDATED | 2081|

 


CASBA प्रणाली भनेको के हो ?

ईन्टरनेटको माध्यमबाट घरमै बसी बसी कम्प्युटर तथा मोबाईल डिभाइसबाट सेयर आवेदन दिन सकिने व्यवस्थालाई सी–आस्वा (Centralised Applications Supported by Blocked Amount-CASBA) प्रणाली भनिन्छ । यो प्रणालीबाट सेयर आवेदन दिन लगानीकर्ताले आफ्नो बैंक खाता भएको बैंकमा गएर सुरुमा सी–आस्वा प्रणालीको एक्सेस(सुविधा) लिनलाई आवेदन दिनु पर्छ । आवेदन भेरीफाइ भएपछि बैंकले लगानीकर्तालाई एउटा नम्बर दिनेछ, जसलाई सिआरएन(CASBA Registration Number -CRN) भनिन्छ जुन शेयरको आवेदन दिँदा आवस्यक पर्छ। यहि कोड नम्बर प्रयोग गरी लगानीकर्ताले बैंकमा नगई हरेक पटक आईपिओ र एफपिओ घरमै बसेर जुनसुकै समयमा भर्न सक्नेछन् । अहिले सबै बाणिज्य बैंक र केही अन्य वित्तीय संस्थाले यो सुविधा प्रदान गरिरहेका छन् ।

यस्तो सेवा प्रदान गरेबापत केही बैंक तथा वित्तीय संस्थाहरुले CASBA Charge लिने गर्दछन। यसअघि बैंकहरुले ग्राहकबाट यो सेवा प्रयोग गरी आइपीओ भरेबापत रु ५ देखि २०० सम्म शुल्क लिँदै आएका थिए । तर अहिले CDS And Clearing लिमिटेडले बैंकहरुले रु ५ भन्दा बढी सि-आश्वा शुल्क लिन नपाउने व्यवस्था गरेको छ । 

केही बैंकहरुले भने ग्राहकबाट यस्तो शुल्क लिने गरेका छैनन् । तलका निम्न वाणिज्य बैंकहरुले यस्तो शुल्क लिँदैनन् । 



यी बैंक बाहेकका अन्य बैंकले भने ग्राहकबाट रु ५ शुल्क लिँदै आएका छन्।



Tags
#C-ASBA #IPO #Charges #Nepse #BANKS #InvesterNepal 











Post a Comment

Previous Post Next Post