SEBON - Securities Board of Nepal (नेपाल धितोपत्र वोर्ड)
नेपाल धितोपत्र बोर्ड (SEBON) नेपाल सरकारले धितोपत्र बजारको शीर्ष नियामकको रूपमा जुन ७, १९९३ मा स्थापना गरेको थियो। यसले धितोपत्र ऐन, २००६ अन्तर्गत धितोपत्र बजारलाई नियमन गर्दै आएको छ। सेबोनको सञ्चालक समितिमा सरकारले चार वर्षको कार्यकालका लागि नियुक्त गरेको एकजना पूर्णकालिक अध्यक्षसहित सातजना सदस्य हुन्छन्। बोर्डमा अर्थ मन्त्रालयका सहसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव, नेपाल राष्ट्र बैंकका प्रतिनिधि, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स इन्स्टिच्युटका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि रहेका हुन्छन् भने धितोपत्र बजारको व्यवस्थापन, पूँजी बजारको विकास, वित्तीय वा आर्थिक क्षेत्रसँग सम्बन्धित विज्ञहरूमध्येबाट सरकारले नियुक्त गरेको एकजना सदस्य रहन्छन् ।
सेबोनमा नियमन विभाग, सुपरिवेक्षण विभाग, वस्तु बजार तथा अनुसन्धान विभाग र व्यवस्थापन तथा कानुन विभाग गरी चार विभाग रहन्छन् । यी विभागहरू अन्तर्गत धितोपत्र बजार र सूचीकृत कम्पनी महाशाखा, स्टक ब्रोकर डिलर महाशाखा, नियमन महाशाखा, कानुनी महाशाखा, नीति, अनुसन्धान तथा योजना महाशाखा, कमोडिटी एक्सचेन्ज तथा व्यवसायिक व्यक्ति महाशाखा, धितोपत्र व्यवसायी सुपरिवेक्षण महाशाखा र व्यवस्थापन तथा वित्त महाशाखा गरी आठ खण्ड रहेका छन् । यी डिभिजनहरू अन्तर्गत कुल बीस खण्डहरू छन्। सेबोनको प्रमुख वित्तीय स्रोतहरू सरकारी अनुदान, स्टक एक्सचेन्जबाट हुने कारोबार शुल्क र कर्पोरेट धितोपत्रहरूको दर्ता शुल्क हुन्। अन्य वित्तीय स्रोतहरूमा स्टक एक्सचेन्ज र बजार मध्यस्थहरूको दर्ता र नवीकरण र यसको घुम्ती कोषको परिचालनबाट हुने आम्दानी समावेश हुन्छ ।
काम, कर्तव्य र अधिकार
•आइपीओ, एफपिओ, हकप्रद सेयर, बोनस सेयर जारी गर्न स्वीकृति प्रदान गर्ने ।
•धितोपत्र बजारलाई स्वच्छ र शान्त बनाउने ।
•धितोपत्र अन्तर्गत काम गर्ने अन्य निकायलाई नियमन गर्ने ।
•धितोपत्र बजारको व्यवस्थापन गर्ने ।
CDSC- Central Depository System and Clearing (केन्द्रीय निक्षेप प्रणाली र क्लियरिङ)
सीडीएस एण्ड क्लियरिङ लिमिटेड, कम्पनी ऐन अन्तर्गत स्थापना भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) द्वारा नेपालमा केन्द्रीकृत निक्षेप, क्लियरिङ र सेटलमेन्ट सेवाहरू प्रदान गर्न स्थापना गरिएको कम्पनी हो। कम्पनीको मुख्य उद्देश्य केन्द्रीय निक्षेपको रूपमा काम गर्नु हो ।
CDSC को काम
•केन्द्रीय निक्षेपको काम गर्ने।
•सेयर भौतिकिकरण र अभौतिकीकरण गर्ने।
•धितोपत्रहरुको लेखा जोखा राख्ने ।
• DP मार्फत DEMAT खाता र Meroshare खोल्न सहजीकरण गर्ने ।
• राफसाफको काम गर्ने ।
NEPSE - Nepal Stock Exchange (नेपाल स्टक एक्सचेन्ज)
सरकारी तथा संस्थागत धितोपत्रहरुको खरिद बिक्री कार्यमा सहजता र सुविधा उपलब्ध गराउनको लागि स्थापित नेपालको एक मात्र धितोपत्रको दोश्रो बजारलाई (Secondary Market) नेप्से भनिन्छ । यसले धितोपत्रहरुको सुचीकरण गरि विनिमय (किनबेच) कार्यमा सघाउ पुर्याउदछ ।
नेप्सेको इतिहास
बि.स २०३३ साल असाढ २२ गते सेक्युरिटी खरिद बिक्री केन्द्रको स्थापना भएपछी नेपालमा औपचारिक रुपमा धितोपत्रहरुको कारोबारको प्रचलन सुरुवात भएको हो । त्यसपश्चात धितोपत्र कारोबार ऐन २०४० प्रारम्भ भएको र २०४९ सालमा उक्तको ऐनको पहिलो संसोधन गराई २०५० मा सेक्युरिटी खरिद बिक्री केन्द्रलाई नेपाल स्टक एक्सचेन्ज परिणत गरियो ।
नेपाल स्टक एक्सचेन्जले पहिलो पटक २०५० माघ ३० बाट नेप्से सूचांकको सुरुवात गर्यो त्यसबेला नेप्से सूचांक १०० कायम गरिएको थियो जसलाई नेप्सेको आधार बिन्दु भनिन्छ । हाल नेप्सेले धितोपत्र बजारको मापन गर्न बिभिन्न सूचकांक (Index) प्रयोग गर्ने गर्दछ जसमध्ये नेप्से इन्डेक्स, सेन्सेटिभ इन्डेक्स, फलोट इन्डेक्स, सेन्सेटिभ फलोट र क्षेत्रगत परिसूचक (Sector wise index) पर्छन ।
नेपाल स्टक एक्सचेन्ज धितोपत्र बजार संचालन नियमावली २०६४ र नेपाल धितो पत्र बोर्डको अनुमति बमोजिम संचालित छ। नेप्सेले सहायक कम्पनिको रुपमा CDSC लाई समेत संचालनमा ल्याएको छ। नेप्सेको पूँजीगत संरचना देहाय बमोजिम रहेको छ।
१) नेपाल सरकारको : ५८.६६ %
२) नेपाल राष्ट्र बैंकको : ३४.६० %
३) नेपाल औधोगिक विकास निगम : ६.१२%
४) इजाजत प्राप्त ब्रोकर संघ : ०.६२%
नेप्सेका काम, कर्तव्य तथा अधिकारहरु
१) आफुमार्फत हुने धितोपत्र कारोबारलाइ स्वच्छ, पारदर्शी र नियमित संचालन गर्ने, गराउने ।
२) धितोपत्र बाजार संचालन गर्दा लगानीकर्ताको हित बमोजिम संचालन र व्यवस्थापन गर्ने/गराउने ।
३) सार्बजनिक निष्काशन भएका धितोपत्रहरुको सूचीकरण गर्ने ।
४) आफ्नो सदस्यहरुलाई धितोपत्र संबन्धि तर्जुमा भएका ऐन, नीति नियम, निर्देशिका, मार्गदर्शन, नियमावली, विनियमावलीको पालना गर्न लागाउने र सो समबन्धमा अनुगमन सुपरिवेक्षण गर्ने, गराउने ।
५) कारोबार संचालन गर्न आवश्यक नीति तथा पद्धतिको ब्यबस्था मिलाइदिने र धितोपत्र सम्बन्धि प्राबिद्धिक सल्लाह तथा सुझाब दिने ।
६) धितोपत्र बजारको विकास बिस्तारका लागि नेपाल धितोपत्र बोर्डसंग समन्वयन गर्ने।
७) धितोपत्र बजारको सुचना दैनिक रुपमा प्रबाह गर्ने ।
DP- Depository Participants (निक्षेप सदस्य)
केन्द्रीय निक्षेप निकाय CDSC अन्तर्गत कार्य गर्ने अनुमति प्राप्त निकायहरूलाई निक्षेप सदस्य वा DP भनिन्छ । यसले लगानीकर्ता, स्टकएक्सचेन्ज, ब्रोकर कम्पनीहरू, बैंक तथा वित्तीय संस्थाहरूलाई केन्द्रीय निक्षेप निकायको रूपमा कार्यरत सीडीएससीसँग जोड्छ । सेबोनबाट लाइसेन्स र सीडीएससीबाट सदस्यता पाएपछि मात्र डीपीले काम गर्न सक्छन् ।
DP को काम, कर्तव्य र अधिकार
• ग्राहकको हितग्राही (DEMAT) खाता खोल्ने
•Meroshare खाता खोल्ने
•धितोपत्रको नामसारी गर्ने
•DEMAT खाताको अभिलेख राख्ने
• धितोपत्रको जिम्मा लिने र धितोपत्र निक्षेप गर्ने
नेपालमा सेबोनबाट लाइसेन्स र सीडीएससीबाट सदस्यता प्राप्त गरेको DP हरुको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्।
RTA - Registrar To Share (सेयर रजिस्ट्रार)
कुनै पनि कम्पनीको IPO, FPO, हकप्रद सेयर , Bonus सेयर आदि निष्कासन गर्न र त्यसको अभिलेख राख्न सहयोग गर्ने धितोपत्र निकाय नै शेयर रजिस्ट्रार हो । हाल नेपालमा थुप्रै शेयर रजिस्ट्रार रहेका छन्।
RTA को काम
•सेयर Certificate जारी गर्ने ।
•सेयर भौतिकिकरण र अभौतिकीकरण गर्न CDSC लागि सहयोग गर्ने ।
• कुनै पनि कम्पनीको IPO, FPO आदि निष्कासन गर्ने
नेपालमा सेबोनबाट लाइसेन्स र सीडीएससीबाट सदस्यता प्राप्त गरेको RTA हरुको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्।
Broker Company (धितोपत्र दलाल)
धितोपत्र दलाल कम्पनी (ब्रोकर) भनेका धितोपत्र बोर्डबाट धितोपत्र अर्थात् सेयरको कारोबार गर्न इजाजत प्राप्त संस्था हो। धितोपत्र दलाल कम्पनीले लगानीकर्तालाई कुनै पनि कम्पनीको शेयर TMS (Trading Management System) मार्फत दोस्रो बजारमा किनबेच गर्न सहयोग गर्छन ।
नेपालमा रहेका सेयरको कारोबार गर्न इजाजत प्राप्त संस्था (ब्रोकर) को सूची हेर्न यहाँ क्लिक गर्नुहोस।
Post a Comment