Share बजारमा प्रयोग हुने केही Terms | All about the terms used in Share Market |







सेयर बजारमा प्रयोग हुने थुप्रै प्राविधिक शब्दहरू छन् जसको अर्थ हजुरहरुलाई थाहा नहुन सक्छ । आज यस ब्लगमा हामी त्यस्ता प्राविधिक शब्दहरूको बारेमा जान्न कोसिस गर्ने छौ। संभव भएसम्म यहाँ हामीले केही Technical Terms को बारेमा उल्लेख गरेका छौं।


Share

 Share भन्नाले कुनै पनि कम्पनीमा तपाईंको हिस्सेदारी हो । यदि तपाईंले कुनै कम्पनीमा पैसा लगानी गर्नुभएको छ त्यस कम्पनीले तपाईंलाई certain percentage मा सेयर प्रदान गर्दछ । 


Debenture

 डिबेन्चर भन्नाले तपाईंले कुनै पनि कम्पनीलाई दिएको ऋण हो। नेपालीमा यसलाई ऋण पत्र भन्निन्छ ।


IPO

IPO भन्नाले कुनैपनि कम्पनीले आफ्नो पूँजी वृद्धि गर्न निष्कासन गर्ने सेयर हो । यसको पूरा रूप Initial Public Offering हो । यसलाई नेपालीमा प्राथमिक सेयर पनि भन्निछ।



FPO

 FPO भन्नाले यस अघिनै IPO जारी गरिसकेको कम्पनीले निष्कासन गर्ने सेयर हो । यसको पूरा रूप Further Public Offering हो ।

आई.पी.ओ. र एफ. पी.ओ भनेको के हो? यसका लागि कसरी आवेदन दिन सकिन्छ ?


BOID/ DEMAT 

BOID वा Demat भन्नाले सेयर डिपोजिट गर्न मिल्ने खाता हो । जसरी बैंक खातामा पैसा जम्मा गरिन्छ त्यसरीनै DEMAT मा सेयर जम्मा गरिन्छ । BOID को पूरा रूप Benificiary Owner Identification हो भने Demat को पूरा रूप Dematerialization हो ।

Dematerialization (अभौतिकिकरण)

Dematerialization भनेको भौतिक शेयरलाई electronic सेयरमा रूपान्तरण गर्ने प्रक्रिया हो । यदि तपाईंसँग कुनै कम्पनीको शेयर सर्टिफिकेट छ भने त्यस शेयरलाई Dematerialization को माध्यमबाट Demat मा deposit गर्न सक्नुहुनेछ। 


Rematerialization(भौतिकिकरण)

Rematerialization भनेको electronic सेयरलाई भौतिक सेयरमा रूपान्तरण गर्ने प्रक्रिया हो।


Bullish Market

 Bullish Market भन्नाले सूचीकृत कम्पनीहरुको मूल्य निरन्तर बढिरहेको मार्केट हो।

Bearish Market

 Bearish Market भन्नाले सूचीकृत कम्पनीहरुको मूल्य निरन्तर घटिरहेको मार्केट हो।


Primary Market

Primary market भनेको त्यस्तो मार्केट हो जहाँ कम्पनीहरुले लगानीकर्ताहरुलाई IPO बिक्री गर्छन ।


Secondary Market

Secondary Market भनेको त्यस्तो मार्केट हो जहाँ लगानीकर्ताले कम्पनीमार्फत किनेको सेयरहरु अन्य लगानीकर्ताहरुलाई बिक्री गर्छन ।


NEPSE

Nepse नेपालको एकमात्र स्टक खरिद बिक्री गर्ने सेयर बजार हो जसले सेयर खरिद बिक्री प्रक्रियालाई सहजीकरण तथा नियमन गर्दछ । यसको पूरा रूप Nepal Stock Exchange हो ।

NEPSE मा SHARE कसरी बिक्री गर्ने ? | A full guide to sell Stocks in NEPSE.

TMS

TMS भनेको Online सेयर खरिद बिक्री गर्ने platform हो जसको प्रयोग गरेर घरमै बसेर सेयर खरिद तथा बिक्री गर्न सकिन्छ । TMS को पूरा रूप Trade Management System हो ।


Broker

Broker भनेको सेयर बिक्री तथा खरिद गर्न सहजीकरण गर्ने व्यक्ति वा संस्था हो । जसलाई नेपालीमा दलाल भन्ने गरिन्छ।


Right Share

 विद्यमान शेयरधनीहरुको लागि कम्पनीले निष्कासन गरेको शेयरलाई Right Share भनिन्छ । यसलाई नेपालीमा हकप्रद सेयर भनिन्छ । जस्तै यदि तपाईंसँग ABC भन्ने कम्पनीको 100 कित्ता सेयर छ र कम्पनीले १:१ को अनुपातमा हकप्रद सेयर जारी गर्यो भने तपाईंले अर्को 100 कित्ता सेयर किन्न पाउनुहुनेछ ।


Dividend

Dividend भन्नाले विद्यमान शेयरधनीहरुलाई कम्पनीले आफ्नो नाफाबाट दिने रकम हो । जस्तै यदि तपाईंसँग ABC भन्ने कम्पनीको 100 कित्ता सेयर छ जुन तपाईंले रु 100 मा किन्नुभएको थियो। यदि उक्त कम्पनीले 100% dividend दिँदै चा भने तपाईंले रु 1000 बोनस रकम पाउनुहुनेछ।



Bonus Share

Bonus सेयर भन्नाले विद्यमान शेयरधनीहरुलाई कम्पनीले दिने सेयर हो । जस्तै यदि तपाईंसँग ABC भन्ने कम्पनीको 100 कित्ता सेयर छ र यदि उक्त कम्पनीले 100% बोनस सेयर दिँदै छ भने तपाईंले थप 100 कित्ता सेयर पाउनुहुनेछ।


Blue Chip Share

Blue chip share भन्नाले एकदमै powerful कम्पनीको शेयर हो जसले विगतदेखि नै आफ्ना लगानीकर्ताहरुलाई निरन्तर Dividend र Bonus Share दिइरहेको हुन्छ ।


Volatility र Stability 

 Volatility भनेको कुनै पनि कम्पनीको सेयर मूल्यमा हुने तिब्र उतारचढाव हो भने Stabilty भनेको कम्पनीको मूल्यमा हुने स्थिरता हो ।



Liqidity

Liquidity भन्नाले कुनै पनि कम्पनीको शेयर किन्न र बेच्न कत्तिको सहज छ, त्यस कम्पनीका Buyers र Sellers पाउन कत्तिको सजिलो छ भन्ने बुझिन्छ ।


Mutual Fund

Mutual Fund भनेको लगानीकर्ताको समूह हो जसमा Investment Experts हरुले अन्य लगानीकर्ताबाट रकम संकलन गरी सेयरमा लगानी गर्छन र त्यसबाट हुने आम्दानीको केही हिस्सा लगानीकर्तामाझ बाड्छन । 


Portfolio

Portfolio भनेको तपाईंसँग रहेको सबै सेयरको संख्या र ती सेयरको मूल्यको एकतृत रुप हो । Portfolio ले तपाईंलाई सबै सेयरबाट कति नाफा वा घाटा भए भन्ने विवरण सजिलै प्रदान गर्दछ । अर्को अर्थमा यो लगानीको डालो हो जसमा लगानी गरिएका सबै सेक्टर तथा कम्पनीको शेयर एकैठाउँमा राखेर हेरिन्छ ।


Resistance Level 

Resistance भनेको कुनै पनि कम्पनीको मूल्य बढ्न नदिने Level हो । यस लेभलमा Sellers को संख्या Buyers भन्दा बढी हुन्छ जसले गर्दा स्टकको price बढ्न दिँदैन ।


Support Level 

SUPPORT भनेको कुनै पनि कम्पनीको मूल्य घट्न नदिने Level हो । यस लेभलमा  Buyers को संख्या Sellers  भन्दा बढी हुन्छ जसले गर्दा स्टकको price घट्न दिँदैन ।


Breakout

Breakout भनेको Stock को Price ले Support Level अथवा Resistance Level तोडेको अवस्था हो। 


Correction

कुनै कुनै बेलामा स्टककाे मूल्य धेरै बढ्ने र थोरै घट्ने हुन्छ । यसरी स्टककोे Price धेरै बढीसकेपछि Slightly घटनुनै Correction हो।


यी बाहेक सेयर बजारमा अन्य  थुप्रै प्राविधिक शब्दहरू प्रयोग हुन्छन। ती शब्दहरूको बारेमा हामी update गर्दै जाने छौ। आशा छ यो लेख तपाईहरुको लागि जानकारीमूलक रह्यो होला। यदि यो लेख तपाईंलाई जानकारीमूलक लागेको छ भने आफ्ना साथी तथा परिवारलाई समेत सेयर गर्नु होला। धन्यवाद।





Post a Comment

Previous Post Next Post