के हो त टिएमएस ?
TMS को पूरा रुप Trading Management System हो। टीएमएसको प्रयोग गरेर लगानीकर्ताले घर, कार्यालय वा आफु बसेको ठाउँबाट कम्प्युटर, ल्यापटप, मोबाइल लगायतका डिभाइसमा लगइन गरी सेयर कारोबार गर्न सक्छन् । यो सेवा लिए वापत कुनै पनि शुल्क लाग्दैन ।
अनलाइन मार्फत दोस्रो बजारमा (Secondary Market) सेयर किनबेच गर्नको लागि TMS खाता खोल्नुपर्ने हुन्छ । जसका लागि सर्वप्रथम ब्रोकर कार्यालयमा जानुपर्ने हुन्छ । यो खाता अनलाइनमार्फत पनि खोल्न मिल्छ। ब्रोकरमार्फत TMS खाता खोलिसकेपछि ब्रोकरले लगानीकर्ताको ईमेलमा युजर आईडि र पासवर्ड पठाइदिन्छ । उक्त युजर आईडी र पासवोर्ड बाट सोही ब्रोकरको टिएमएसमा लग इन गरी सहजै सेयर किनबेच गर्न सकिन्छ।
युजर नेम र पासवर्ड प्राप्त गरे पश्चात विदाको दिन बाहेक आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म शेयर खरिद बिक्री गर्न सकिन्छ । त्यसबाहेक ती दिनमा विहान १०ः३० बजेदेखि १०ः४५ बजेसम्मको १५ मिनेटको समयमा प्रि–ओपन सेसनमा पनि कारोबार गर्न सकिन्छ ।
Collateral Load
टीएमएस बाट नेप्सेमा स्टक खरिद गर्नुभन्दा पहिला TMS मा Collateral (धितो) load गर्नुपर्ने हुन्छ। स्टक खरिद गर्नकोलागि तपाईंले आफ्नो TMS मा खरिद गर्न लागेको कुल रकमको २५ प्रतिशत रकम धितोका रुपमा राख्नुपर्दछ । जस्तै यदि तपाईं १ लाख रुपैयाँसम्मको सेयर खरिद गर्न खोज्दै हुनुहुन्छ भने २५ हजार रुपैयाँ Collateral लोड गर्नुपर्ने हुन्छ ।
कसरी गर्ने त Collateral लोड ?
• सबैभन्दा पहिला आफ्नो ब्रोकरको TMS मा गई ब्रोकर एकाउन्ट लग इन गर्नुहोस् ।
• त्यसपछि बायाँ पट्टी रहेको Fund Settlement option मा क्लिक गर्नुहोस् ।
TMS बाट कसरी सेयर खरिद गर्ने ?
TMS बाट स्टकको कारोबार गर्न आइपीओ भर्न जत्तिकै सजिलो छ । यसकालागि निम्न प्रक्रिया अपनाउन सकिन्छ ।
१) सबैभन्दा पहिला आफ्नो ब्रोकरको TMS मा गई ब्रोकर एकाउन्ट लग इन गर्नुहोस् ।
२) त्यसपछि Order Management मा क्लिक गर्नुहोस् र Buy/Sell अप्सन मा क्लिक गर्नुहोस् ।
३) अब खुल्ने वेबपेजमा तपाईंले थुप्रै अप्सन देख्न सक्नुहुनेछ तर अन्य सबै अप्सन यथावत (Default) राखी Symbol को ठाउँमा आफूले किन्न चाहेको स्टकको Symbol, Qty को ठाउँमा आफूले किन्न चाहेको कित्ता संख्या र Price को ठाउँमा आफूले उक्त स्टक कतिमा खरीद गर्न चाहेको हो उल्लेख गर्नुहोस् ।
(Note : आफूले किन्न चाहेको स्टकको price Maximum कति देखि Minimum कतिसम्ममा किन्न मिल्छ भनेर तल LTP (Last Traded Price) को छेउमा Low र High भनेर दिईएको हुन्छ। तर Price सकेसम्म म्याच गरेर सेयर खरीद गर्दा order छिटो execute हुन्छ र सेयर तुरुन्तै खरीद हुन्छ। Price म्याच गर्न तल्लोपट्टी रहेको Top 5 Sell मा हेर्नुहोला। )
५) अब Top मा रहेको Dot लाई Buy पट्टी Slide गर्नुहोस् र तल रहेको Buy अप्सनमा क्लिक गर्नुहोस् ।
यति गरिसकेपछि यदि तपाईंले Price म्याच गर्नुभएको छ भने सेयर तत्काल खरिद हुन्छ, नत्र केही समय लाग्न सक्छ वा त्यो कारोबार दिनभरि Price म्याच भएन भने अर्डर Cancel हुन्छ र अर्को कारोबार दिनमा पुनः खरिद गर्नुपर्ने हुन्छ। Order Complete भयो कि भएन भनेर Order Management भित्र रहेको Daily Order Book अप्सनमा क्लिक गरेर हेर्न सकिन्छ।










Post a Comment