आइपीओ कसरी जारी गरिन्छ?
नेपालमा IPO (Initial Public Offering) निष्कासन गर्न सबैभन्दा पहिले IPO जारी गर्ने कम्पनीले SEBON (नेपाल धितोपत्र बोर्ड) बाट स्वीकृति लिनुपर्छ । स्वीकृति पाएपछि कम्पनीले IPO निष्कासन प्रक्रिया सञ्चालन गर्न इस्यु म्यानेजर (merchant banker) नियुक्त गर्छ। सोही Issue Manager ले सार्वजनिक सूचना जारी गर्ने र आवेदन खुला गर्ने काम गर्दछ जसमा शेयर संख्यासँगै मूल्य, आवेदन खुल्ने/बन्द हुने मिति, आवेदन दिन मिल्ने न्यूनतम र अधिकतम कित्ता संख्या र आवेदन दिने लगानीकर्ताको योग्यतासम्बन्धी विवरण उल्लेख हुन्छ।
स्वीकृति लिइसकेपछि कम्पनीहरुले CDSC (Central Depository System and Clearing Limited) को MeroShare प्लेटफर्ममार्फत शेयर जारी गर्छन । आवेदन खुल्ला भएपछि लगानीकर्ताहरूले सोही प्लाटर्फम(MeroShare) वा ASBA सदस्य बैंकहरू मार्फत आवेदन दिन सक्छन्। आवेदन दिएको १-२ दिनमा खातामा रहेको रकम ब्लक हुन्छ ।
IPO जारी भइसकेपछि कहिलेसम्म आवेदन दिन पाइन्छ ?
सामान्यतया IPO को लागि आवेदन दिने अवधि ४ देखि ७ दिनको हुन्छ । आवेदन मिति समाप्त भए पश्चात Issue Manager ले सबै आवेदन जम्मा गर्दछ । आवेदनहरू संकलन गरिसकेपछि Issue Manager ले pre-allotment को काम गर्दछ जसमा अयोग्य आवेदनहरु हटाइन्छ ।
के हो Pre-Allotment ? यसमा के गरिन्छ ?
यस प्रोसेसमा पहिला अयोग्य ठहरिएका आवेदनहरू लाई हटाइन्छ र योग्य आवेदनहरुलाई आवेदन दिएको समयको अनुक्रम अनुसार राखिन्छ । सामान्यतया यस प्रक्रियामा खातामा आवेदन दिएअनुसारको पर्याप्त रकम नहुँदा, Demat वा Meroshare खाता Expire हुँदा, CRN नम्बर नमिल्दा, एकै व्यक्तिले दुई वा सो भन्दा बढी Demat बाट आवेदन दिँदा आवेदन हटाइन्छ । अब pre-allotment प्रक्रिया सकिएपछि Issue Manager ले allotment (बाँडफाँड) गर्ने मिति तय गर्दछ। सामान्यतया आवेदन बन्द भएको ७ देखि १० दिन भित्रमा IPO को बाँडफाँड हुन्छ।
Allotment कसरी गरिन्छ ?
यदि आवेदन दिनेको संख्या IPO पाउनेको संख्या भन्दा बढी भएमा (जो प्रायः हुन्छ), Issue Manager ले CDSC को निगरानीमा लटरी प्रणाली मार्फत बाँडफाँड गर्छ। नियमानुसार कुनै व्यक्तिलाई आइपीओ पर्दछ भने उसले न्युनतम १० कित्ता आइपीओ पाउनै पर्छ।
Allotment प्रक्रियामा Pre-Allotment बाट छानिएर आएका योग्य आवेदनहरुलाई Randomly Shuffle (सालाखाला) गरिन्छ र आबेदकहरुको अन्तिम सूची तयार गरिन्छ । Allotment गर्ने क्रममा एउटा बाकसमा एक देखि दस सम्म लेखिएको बल राखिएको हुन्छ । एक व्यक्तिले उक्त बाकसमा नहेरिकन एउटा बल निकाल्छन् र त्यो बलमा जति नम्बर लेखिएको हुन्छ, आबेदकहरुको अन्तिम लिस्टमा रहेको सोही अंकको अनुक्रममा रहेको व्यक्तिले पहिलो आइपीओ पाउँछ ।
यसैगरी अन्य Allotted लगानीकर्ता तय गर्न तलको सूत्र प्रयोग गरी स्किप भ्यालु निकालिन्छ।
Skip Value = `(Number\ of\ Applicants)/(Number\ of\ allot tees) `
यहाँ Number of Applicants भनेको IPO मा आवेदन दिनेको संख्या हो भने Number of allottees भनेको शेयर पाउने लगानीकर्ताको संख्या हो।
अब दोस्रो Allotted लगानीकर्ता तय गर्न शेयर प्राप्त गर्ने पहिलो लगानीकर्ताको अंकको अनुक्रममा स्किप भ्यालु जोडिन्छ र त्यसपछि प्राप्त हुने अनुक्रममा रहेको लगानीकर्तालाई शेयर प्रदान गरिन्छ।
सोही प्रक्रिया अपनाएर अन्य अन्य भाग्यशाली लगानीकर्ताहरु तय गरिन्छ ।
आइपीओ परे/नपरेको कसरी थाहा पाउने ?
बाँडफाँड प्रक्रिया सम्पन्न भएपछि Issue Manager, MeroShare र CDSC को वेबसाइटहरू मार्फत IPO को नतिजा प्रकाशित गरिन्छ। IPO परेको खण्डमा "Congratulation Alloted !!! Alloted quantity : 10" सूचना देखा पर्छ भने नपरेको खण्डमा "Sorry, not alloted for the entered BOID." सूचना देखा पर्छ । IPO परेका भाग्यशाली लगानीकर्ताहरूको पैसा केही दिनमै खाताबाट कट्टा गरिन्छ भने IPO नपरेका अभागी लगानीकर्ताहरूको पैसा IPO बाँडफाँड भएको मितिले १-२ भित्रमा फुकुवा गरिन्छ।
आई.पी.ओ. र एफ. पी.ओ भनेको के हो? यसका लागि कसरी आवेदन दिन सकिन्छ ?

Post a Comment