आइपीओ देखि दोस्रो बजारसम्म पुग्न के गर्ने ? A detailed Guide for Beginners.




आइपीओ के हो र किन भर्ने ?

कुनै पनि कम्पनीको विकास र विस्तारको लागि थप पुँजी वा लगानीको आवश्यकता पर्दछ । उक्त लगानीको लागि कम्पनीले सर्वसाधारणबात केही रकम माग गर्दछ र त्यसबापत आफ्नो कम्पनीको केही हिस्सा (शेयर) दिन्छ जसलाई आइपीओ भनिन्छ । यसको अर्थ यदि तपाईंले कुनै कम्पनीको आइपीओ किन्नुहुन्छ भने तपाईं त्यो कम्पनीको केही हिस्साको मालिक बन्नु हुनेछ ।

किन भर्ने त आइपीओ ?

भविष्यमा हुने पैसाको अभावबाट बच्न ।

• थोरै लगानीबाट धेरै प्रतिफल पाउन ।

• सानोतिनो खर्चको जोहो गर्न ।

• आर्थिक रूपमा स्वतन्त्र हुन ।

• चर्को महंगीबाट बच्न ।

आई.पी.ओ. र एफ. पी.ओ भनेको के हो? यसका लागि कसरी आवेदन दिन सकिन्छ ?


आइपीओ भरिसकेपछि के के प्रकिया हुन्छन् त?

यदि तपाईंले कुनै पनि कम्पनीको आइपीओ खरिद गर्नु भएको छ भने त्यसको नतिजा आउन १ देखि २ हप्ता लाग्छ । आइपीओ को नतिजा CDSC को वेबसाइटमा गएर हेर्न सकिन्छ । नतिजा हेर्न तपाईंले उक्त वेबसाइटमा गई आफूले आइपीओको आवेदन दिएको कम्पनी सेलेक्ट गरेर आफ्नो demat नम्बर हाली Captcha solve गर्नुपर्ने हुन्छ । यदि तपाईंलाई आइपीओ परेको खण्डमा "Congratulation Alloted !!! Alloted Quantity .." भनेर मेसेज देखाउनेछ अन्यथा "Sorry, Not Alloted for the entered BOID" भनेर मेसेज देखाउनेछ ।

तपाईंले आइपिओको आवेदन दिएको सोही दिन वा भोलिपल्ट आवेदन दिए बराबरको पैसा रोक्का हुनेछ र तपाईंले उक्त पैसा चलाउन पाउनु हुने छैन । मानौं यदि तपाईंले रु १०० दरको १० कित्ता आइपीओ खरिद गर्नु भएको थियो भने तपाईंको रु १०००/- रोक्का हुनेछ ।

आइपीओ भरेपछि पर्छ नै भन्ने हुन्छ त?

आइपीओ भर्ने बित्तिकै पर्छ नै भन्ने हुँदैन किनभने आइपीओ पर्ने लगानीकर्ताको संख्या भन्दा आइपीओ भर्ने लगानीकर्ताको संख्या बढी हुन्छ । कुनै पनि कम्पनीले निश्चित रकम बराबरको निश्चित कित्ता संख्यामा आइपीओ जारी गरेको हुन्छ तर आइपिओमा आवेदन दिनेको संख्या धेरै हुन्छ। नियमानुसार कुनै व्यक्तिलाई आइपीओ पर्दछ भने उसले न्युनतम १० कित्ता आइपीओ पाउनै पर्छ। यसो हुँदा जतिले आइपीओ भरेका थिए उनीहरु सबैलाई आइपीओ पर्दैन । यो बाहेक आइपीओको आवेदन रिजेक्ट हुने अरु थुप्रै कारण छन् । जस्तै खातामा पर्याप्त ब्यालेन्स नहुनु, आइपीओ आवेदन दिँदा CRN गलत प्रविष्ट गर्नु, CASBA शुल्कको लागि पैसा नपुग्नु आदि, एउटै व्यक्तिले दुई फरक Demat खाताबाट आवेदन दिनु आदि।

आइपीओ नपरे आवेदन दिएको रकम के हुन्छ ?

यदि तपाईंलाई आइपीओ परेन भने तपाईंले जति रकमको आवेदन दिनु भएको थियो त्यो पुरै रकम फुकुवा हुनेछ र उक्त पैसा तपाईंले बैंक खाताबाट निकाल्न वा खर्च गर्न पाउनु हुने छ ।


आइपीओ परेमा,

यदि तपाईंलाई आइपीओ पर्यो भने तपाईंको बैंक खातामा रोक्का भएको रकम आइपीओ निष्कासनकर्ताको खातामा ट्रान्सफर हुनेछ । जस्तै यदि तपाईले  रु १०० दरको २० कित्ता आइपीओ खरिद गर्नु भएको थियो र तपाईंलाई २० कित्ता नै पर्यो भने  तपाईंको रु २०००/- आइपीओ निष्कासनकर्ताको खातामा ट्रान्सफर  हुनेछ । र यदि तपाईंलाई १० कित्ता मात्र आइपीओ पर्यो भने रु १०००/- आइपीओ निष्कासनकर्ताको खातामा ट्रान्सफर हुनेछ र बाँकी रु १००० तपाईंको आफ्नै खातामा फुकुवा हुनेछ ।

आइपीओको नतिजा आएको करीब एक वा डेढ महिनामा उक्त सेयरहरु सोही कम्पनीले नियुक्त गरेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले लगानीकर्ताको  Demat खातामा ट्रान्सफर गरिदिन्छ । त्यसपछि केही दिनभित्रमा उक्त सेयरहरु नेप्सेमा सूचीकृत हुन्छन । नेप्सेमा सूचीकृत भएको एक दुई दिनपछि ती सेयरहरु दोस्रो बजारमा कारोबार गर्न मिल्छ । तर स्थानीय सेयर र प्रोमोटर सेयरको हकमा कारोबार सुरु भएको मितिले ३ वर्ष सम्म खरिद बिक्री गर्न मिल्दैन ।

TMS मार्फत NEPSE मा SHARE कसरी बिक्री गर्ने ? | A full guide to sell Stocks in NEPSE.


कसरी तय गरिन्छ त दोस्रो बजारमा सेयरको मूल्य ?

कुनै पनि कम्पनीको सेयर दोस्रो बजारमा (Nepse) कारोबार हुने पहिलो दिन कतिमा कारोबार हुन्छ भनेर उक्त कम्पनीको अघिल्लो आर्थिक वर्षको वास्तविक प्रति सेयर नेटवर्थले तय गर्दछ । कुनै पनि कम्पनीको सेयर मूल्य उक्त कम्पनीको अघिल्लो आर्थिक वर्षको वास्तविक प्रति सेयर नेटवर्थको ३ गुणासम्ममा नेप्सेमा कारोबार हुन्छ । जस्तै कुनै एक कम्पनीको अघिल्लो आर्थिक वर्षको वास्तविक प्रति सेयर नेटवर्थ १५० छ भने उक्त कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुने पहिलो दिन रु १५० देखि रु ४५० सम्ममा कारोबार हुनेछ । यो प्राइस रेन्जलाई चलनचल्तीको भाषामा Opening Price Range भनिन्छ ।

एकपटक दोस्रो बजारमा सेयर प्राईस तय भइसकेपछि आउने दिनहरुमा भने उक्त कम्पनीको सेयर मूल्य बजारमा हुने माग (Demand) र आपूर्ति (Supply) मा भर पर्छ। यदि कुनै स्टकको माग अत्यन्तै धेरै छ र आपूर्ति कम छ भने उक्त कम्पनीको मूल्य बढ्न जान्छ । त्यसैगरी कुनै स्टकको माग अत्यन्तै कम छ र आपूर्ति बढी छ भने उक्त कम्पनीको मूल्य घटना जान्छ ।

 Share बजारमा प्रयोग हुने केही Terms | All about the terms used in Share Market |




Post a Comment

Previous Post Next Post