के हो त टिएमएस ?
TMS को पूरा रुप Trading Management System हो। टीएमएसको प्रयोग गरेर लगानीकर्ताले घर, कार्यालय वा आफु बसेको ठाउँबाट कम्प्युटर, ल्यापटप, मोबाइल लगायतका डिभाइसमा लगइन गरी सेयर कारोबार गर्न सक्छन् । यो सेवा लिए वापत कुनै पनि शुल्क लाग्दैन ।
अनलाइन मार्फत दोस्रो बजारमा (Secondary Market) सेयर किनबेच गर्नको लागि TMS खाता खोल्नुपर्ने हुन्छ । जसका लागि सर्वप्रथम ब्रोकर कार्यालयमा जानुपर्ने हुन्छ । यो खाता अनलाइनमार्फत पनि खोल्न मिल्छ। ब्रोकरमार्फत TMS खाता खोलिसकेपछि ब्रोकरले लगानीकर्ताको ईमेलमा युजर आईडि र पासवर्ड पठाइदिन्छ । उक्त युजर आईडी र पासवोर्ड बाट सोही ब्रोकरको टिएमएसमा लग इन गरी सहजै सेयर किनबेच गर्न सकिन्छ।
युजर नेम र पासवर्ड प्राप्त गरे पश्चात विदाको दिन बाहेक आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म शेयर खरिद बिक्री गर्न सकिन्छ । त्यसबाहेक ती दिनमा विहान १०ः३० बजेदेखि १०ः४५ बजेसम्मको १५ मिनेटको समयमा प्रि–ओपन सेसनमा पनि कारोबार गर्न सकिन्छ ।
के TMS खाता खोलेबापत ब्रोकेरलाई शुल्क तिर्नुपर्छ ?
पर्दैन, TMS खाता ब्रोकरहरुले निःशुल्क खोलिदिन्छन । TMS खाता Maintain गर्न Demat र Meroshare खाता जस्तो कुनै Annual Maintenance Fee पनि तिर्नुपर्दैन ।
कसरी खोल्ने त अनलाइन मार्फत TMS खाता ?
अनलाइन मार्फत TMS खाता खोल्न एकदमै सजिलो छ। प्राय जसो सबै ब्रोकेरहरुले अनलाइनमार्फत TMS खाता खोल्ने सुविधा उपलब्ध गराई रहेका छन्। तर आज यस लेखमा हामी नबिल स्टक डिलरमा अनलाइनमार्फत TMS खाता खोल्ने तरिका सिकाउँदै छौ।
•नबिल स्टक डिलरमा अनलाइनमार्फत TMS खाता खोल्नको लागि यो वेबसाइटमा जानुहोस् ।
• अब तल दिइए जसरी फाराम भर्नुहोस् ।
- General Details मा
* Referred By लाई खाली राख्नुहोस् *
Client Type मा Individual सेलेक्ट गर्नुहोस् ।
* आफ्नो आधिकारिक मोबाइल नम्बर भर्नुहोस् ।
* Member Branch मा Kathmandu सेलेक्ट गर्नुहोस्।
* आफ्नो PAN Number हाल्नुहोस् । रु पाँच लाख भन्दा बढीको कारोबार गर्दा PAN अनिवार्य रुपमा भरेको हुनुपर्छ । (Pan नम्बर छैन भने नागरिक एप मार्फत १ मिनेटमै लिन सकिन्छ । अथवा अनलाइन मार्फत फाराम भरी नजिकको करदाता सेवा कार्यालय गई PAN लिन सकिन्छ ।)
* आफ्नो आधिकारिक Email Address भर्नुहोस् ।
*Next मा क्लिक गर्नुहोस।
- Individual Details मा
* आफ्नो First Name भर्नुहोस् ।
*आफ्नो Middle Name भर्नुहोस् । (जस्तै प्रसाद, कुमार, बहादुर आदि)
*आफ्नो Last Name (थर) भर्नुहोस् ।
* आफ्नो Gender सेलेक्ट गर्नुहोस्।
* आफ्नो जन्ममिति सेलेक्ट गर्नुहोस् । विक्रम संवतमा सेलेक्ट गरेपछि आफै AD मा कन्भर्ट हुनेछ ।
* आफ्नो बुबाको नाम भर्नुहोस् ।
* आफ्नो आमाको नाम भर्नुहोस् ।
* आफ्नो हजुरबुबाको नाम भर्नुहोस् ।
* Is NRN मा No सेलेक्ट गर्नुहोस्। (विदेशमा बसेर फाराम भनेको हकमा Yes सेलेक्ट गरी सोही अनुसार फाराम भर्नुहोला ।)
* Is Minor मा No सलेक्ट गर्नुहोस् । १८ वर्ष भन्दा कम उमेरको नाबालकको हकमा Yes मा क्लिक गर्नुहोस्।
* Nationality मा आफै Nepal सेलेक्ट भएको हुनेछ ।
* अब नागरिकता नम्बर, नागरिकता जारी भएको जिल्ला र जारी मिति भर्नुहोस् । नाबालकको हकमा जन्मदर्ताको Details हालेर Guardians को Detail भर्नुहोस् ।
* अब आफ्नो पेसागत विवरण राख्नुहोस् ।
*Financial Details मा Above Rs 10,00,000 सेलेक्ट गर्नुहोस् ।
* Involved in Investment Company मा No सेलेक्ट गर्नुहोस्।
* Next मा क्लिक गर्नुहोस।
- Address Details मा, आफ्नो नागरिकतामा भए अनुसारको ठेगाना भर्नुहोस् र Temporary Address का लागि Same as Permanent Address मा टिक मार्क लगाउनुहोस् र Next मा क्लिक गर्नुहोस्। (यदि हालको ठेगाना फरक भए सोही अनुसार भर्नुहोला । )
-Bank Details मा, आफ्नो खाता रहेको बैंकको विवरण र खाता नम्बर राख्नुहोस् र Next मा क्लिक गर्नुहोस्।
-Depository Details (Beneficiary Owner Identity Number) मा, Demat नम्बर (१६ अंकको हितग्राही खाता नम्बर) भर्नुहोस् ।
-Money Laundering Prevention मा, भएका सबै अप्सनमा No मा क्लिक गर्नुहोस्।
- Documents Upload मा, नागरिकताको अगाडी र पछाडिको फोटो (नाबालकको हकमा जन्मदर्ता), आफ्नो pp साइज फोटो, Signature को फोटो, ल्याव्चेको फोटो, आफ्नो घरको लोकेसन Map को फोटो, नागरिकता समातेको फोटो अपलोड गर्नुहोस् (नाबालकको हकमा जन्मदर्ता) । * चिन्ह नलागेका ठाउँमा खाली राख्नुहोस् । Demat Confirmation मा Meroshare App बाट My Details को PDF डाउनलोड गरी Screenshot लिएर Upload गर्नुहोस् । Screenshot गरिएको फाइल Png format मा हुन्छ तर Documents हरु Jpg format मा मात्र Upload गर्न मिल्ने हुँदा .pdf extension लाई .jpg मा change गरी अपलोड गर्नुहोला ।
- अब User Agreement मा, रहेका सर्तहरु पढी Submit Application मा क्लिक गर्नुहोस् र Confirm गर्नुहोस् । Submit गर्नु अघि आफूले भरेका सबै विवरण सही भए नभएको यकिन गर्नुहोला ।
यसरी अनलाइनमार्फत फाराम भरिसकेपछि केही घण्टामा तपाईंलाई ब्रोकेरबाट Username र Password Reset Link सहितको ईमेल प्राप्त हुनेछ । उक्त Password Reset Link बटनमा क्लिक गरेर नयाँ password राख्नुहोस् ।
Username र Password प्राप्त भए लगत्तै KYC भेरीफाइ नगर्दा पनि कारोबार (सेयर किनबेच) भने गर्न मिल्छ । तर KYC अनिवार्य भएकोले आफ्नो ब्रोकरकोमा TMS खाताको KYC भेरीफाइ गर्नु जरुरी हुन्छ ।
कसरी गर्ने त TMS खाताको KYC भेरीफाइ?
KYC भेरीफाइ दुई तरिकाले गर्न मिल्छ ।
१. KYC भेरीफाइ गर्न नजिकको Nabil Bank को शाखा वा नबिल स्टक डिलरको शाखामा गई गर्न सकिन्छ ।
२. वा तल दिइएको लिंक मार्फत KYC फाराम डाउनलोड गरी त्यसलाई भर्नुहोला र नागरिकताको फोटोकपी (Signature सहित) र भरेको फारामको फोटो खिचि नबिल स्टक डिलरको ईमेल info@nabilstockdealer.com.np मा पठाउन सक्नुहुनेछ । याद राख्नुहोला KYC फारामको पहिलो पानाको Top मा रहेको Client's A/c Number (ग्राहक नम्बर) मा आफूले ईमेल मार्फत प्राप्त गरेको Client Id ( ११ अंकको Username) भर्नुहोला । KYC फाराम कसरी भर्ने भनेर तलको Sample फाराम डाउनलोड गरी हेर्नुहोला ।
Post a Comment