नेपालको स्टक बजारमा विभिन्न सेयर मापक परिसूचकहरु छन् । ती परिसूचकले के अर्थ राख्छन् त र ती परिसूचक किन गणना गरिन्छ त? आज यस जिज्ञासाबारे हामी यो लेखमा छलफल गर्ने छौ ।
NEPSE INDEX (नेप्से परिसूचक)
सेयर बजार परिसूचक नेप्से इन्डेक्सले स्टक एक्सचेन्जमा भएको कारोबारको स्थिति बताउँछ । समग्रमा बजार घटेको छ वा बढेको छ, कतातिर गइरहेको छ भन्ने संकेत नेप्से परिसूचकले गर्छ । सामान्यतया बजारमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घट्दा नेप्से परिसूचक घट्छ भने सेयर मूल्य बढ्दा नेप्से परिसूचक बढ्छ ।
नेपाल स्टक एक्सचेन्जले नेप्से परिसूचक २०५० सालदेखि चलनमा ल्याएको हो । २०५० साल माघ ३० मा सूचीकृत सबै सेयरको संख्यालाई तिनीहरूको बजार मूल्यले गुणा गरेर नेप्सेको गणना गरिएको थियो ।
भारतको बम्बई स्टक एक्सचेन्जको मूल परिसूचकलाई सेन्सेक्स, नेसनल स्टक एक्सचेन्जको परिसूचकलाई निफ्टी भन्ने गरिन्छ । लन्डनको फुट्सी, जापानको निक्की, अमेरिकाको एसएन्डपी अरु चर्चित बजार परिसूचक हुन् ।
नेप्से परिसूचक निकाल्ने सूत्र :
`=(Current\ Market\ Value\ of\ All\ Company\ Shares\ listed\ i n\ NEPSE)/(Market\ value\ of\ the\ shares\ i n\ Base\ Year) times 100`
SENSITIVE INDEX (सेन्सेटिभ इन्डेक्स)
बजारमा भएका सबै कम्पनीको सट्टा तुलनात्मक रुपमा वित्तीय हिसाबले बलियो, पारदर्शी, संस्थागत सुशासन भएका कम्पनीलाई मात्रै समेटेर परिसूचक बनाउने क्रममा नेप्सेले सेन्सेटिभ इन्डेक्स ल्याएको हो ।
कुनै पनि कम्पनी सेन्सेटिभ इन्डेक्स भित्र पर्न निम्न शर्त पूरा गरेको हुनु पर्दछ ।
•चुक्ता पुँजी कम्तिमा २ करोड भएको
•सेयरधनी संख्या कम्तिमा एक हजार जना रहेको
•कम्तिमा तीन वर्षदेखि लगातार नाफामा रहेको
•सेयरको किताबी मूल्य चुक्ता मूल्य भन्दा कम नभएको
•आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आय व्यय विवरण पेश गरेको
यी शर्त पूरा गरेका कम्पनीहरुलाई A क्लास कम्पनी भनिन्छ। नेप्सेले २०६३ पुस १७ गतेदेखि सेन्सेटिभ इन्डेक्स गणना गर्न थालेको हो ।
सेन्सेटिभ इन्डेक्स निकाल्ने सूत्र :
`=(Current\ Market\ Value\ of\ All\ A\ Class\ Company\ Shares)/(Market\ value\ of\ the\ shares\ i n\ Base\ Year) times 100`
FLOAT INDEX (फ्लोट इन्डेक्स)
बजारमा तत्काल किनबेच गर्न सकिने सेयरलाई मात्रै समेटेर गणना गरिने परिसूचकलाई फ्लोट इन्डेक्स भनिन्छ । सर्वसाधारणमा जारी भएका कारोबारयोग्य सेयरको आधार मूल्य र वर्तमान बजार मूल्यलाई लिएर फ्लोट इन्डेक्स गणना गरिन्छ । फ्लोट इन्डेक्समा LOCKIN अवधिमा रहेका प्रोमोटर सेयर, कर्मचारी सेयर, स्थानीय शेयरको मूल्यलाई गणना गरिँदैन । LOCKIN अवधि समाप्त भइसकेपछि उक्त सेयर हरुको मूल्यलाई समेत गणना गरी फ्लोट इन्डेक्स निकालिन्छ। नेप्सेले यो परिसूचक गणना २०६५ भदौ ३० गतेदेखि थालेको हो ।
फ्लोट इन्डेक्स निकाल्ने सूत्र :
`=(Current\ Market\ Value\ of\ All\ Shares\ t h a t\ are\ eligibl e\ t o\ trade)/(Market\ value\ of\ the\ shares\ i n\ Base\ Year) times 100`
सेन्सेटिभ फ्लोट इन्डेक्स
सेन्सेटिभ इन्डेक्स अन्तर्गत समावेश भएका कम्पनीहरुले सर्वसाधारणमा जारी गरेका तत्कालै किनबेच गर्न सकिने कारोबारयोग्य सेयर मात्रैको आधार मूल्य र वर्तमान बजार मूल्यलाई लिएर गणना गरिएको परिसूचकलाई सेन्सेटिभ फ्लोट इन्डेक्स भनिन्छ । नेप्सेले २०६५ भदौ ३० गतेदेखि यो परिसूचक गणना सुरु गरेको थियो ।
सेन्सेटिभ फ्लोट इन्डेक्स निकाल्ने सूत्र :
`=(Current\ Market\ Value\ of\ All\ A\ Class\ Company\ Shares\ t h a t\ are\ eligibl e\ t o\ trade)/(Market\ value\ of\ the\ shares\ i n\ Base\ Year) times 100`
SUB INDICES
सब इन्डीसेज अन्तर्गत विभिन्न सेक्टरका कम्पनीहरुको सेयर मूल्यको गणना गरिन्छ । नेप्सेमा हाल १३ वटा सेक्टरका कम्पनीको सेयरहरु सूचीकृत छन् । ती फरक फरक सेक्टरका आफ्नै इन्डेक्स हरु छन ।
नेप्सेका सब इन्डेक्सहरु
Banking SubIndex
Development Bank Index
Finance Index
Hotels And Tourism Index
Hydro Power Index
Investment Index
Life Insurance
Manufacturing And Processing
Microfinance Index
Mutual Fund
Non Life Insurance
Others Index
Trading Index
Post a Comment