बुल मार्केट
बजारको पछिल्लो न्यूनतम विन्दुबाट २० प्रतिशतले बढेमा वा दुई महिनासम्म लगातार बजार बढेमा बुल मार्केट भनिन्छ । कम्पनीको मूल्यमा लगातारको वृद्धि, एक्सचेन्जका परिसूचकमा देखिएको निरन्तर वृद्धि, लगानीकर्ताहरूको सम्पत्तिमा भएको वृद्धि, लगानीकर्ताको उत्साह, अर्थतन्त्रप्रतिको विश्वास बुल मार्केटको विशेषता हो । बुल मार्केटको समयमा प्रायः सबै कम्पनीका शेयरको मूल्य बढ्छ ।शेयर मूल्यको तीव्र वृद्धिले लगानीकर्तामा आत्मविश्वास बढाउँदै लैजान्छ । बुल मार्केटमा लगानीकर्ताहरू सामान्यतया शेयरहरू किन्न र भविष्यको लाभको आशमा स्टक होल्ड गर्न इच्छुक हुन्छन् ।
नेपालमा बुल मार्केटको इतिहास
१. पहिलो बुल–May 1998 – Nov. 2000 (३० महिना)
२. दोस्रो बुल– Apr. 2004 – Aug. (५२ महिना)
३. तेस्रो बुल–Mar. 2012 – Jul. 2016 (५२ महिना)
४. चौथो बुल– Nov. 2019 – Aug. 2021 (२० महिना)
![]() |
| Representative AI Photo |
बियर मार्केट
सामान्यतया बजारको पछिल्लो उच्च विन्दुबाट २० प्रतिशतभन्दा बढीले घटेमा वा दुई महिनासम्म लगातार सूचीकृत कम्पनीको मूल्यमा गिरावट आएमा नेप्से परिसूचक लगातार घटेमा यस्तो अवस्थालाई बियर मार्केट भनिन्छ । बियर मार्केटमा स्टकको मूल्य घट्छ र लगानीकर्ताहरू घाटा सीमित गर्न थाल्छन् । यो गिरावट आर्थिक मन्दी, उच्च बेरोजगारी, कम्पनीको आयमा गिरावट वा लगानीकर्ताको मनोभाव कमजोर बनाउने अन्य कारणहरूबाट प्रभावित हुन्छ । बियर मार्केटमा लगानीकर्ताले घाटा सीमित गर्न वा थप गिरावटबाट बच्न शेयर बेचेर बजारबाट बाहिरिन खोज्छन् ।
नेपालमा बियर मार्केटको इतिहास
१. पहिलो बियर – Dec. 2000 – Mar. 2004 (३९ महिना)
२. दोस्रो बियर – Sep. 2008 – Feb. 2012 (४१ महिना)
३. तेस्रो बियर –Aug. 2016 – Oct. 2019 (३८ महिना)
४. चौथो बियर – Sep. 2021 – Oct. 2023 ( २५ महिना)


Post a Comment