के हो त टिएमएस ?
TMS बाट कसरी सेयर बिक्री गर्ने ?
TMS बाट स्टकको कारोबार गर्न आइपीओ भर्न जत्तिकै सजिलो छ । यसकालागि निम्न प्रक्रिया अपनाउन सकिन्छ ।
१) सबैभन्दा पहिला आफ्नो ब्रोकरको TMS मा गई ब्रोकर एकाउन्ट लग इन गर्नुहोस् ।
२) त्यसपछि Order Management मा क्लिक गर्नुहोस् र Buy/Sell अप्सन मा क्लिक गर्नुहोस् ।
३) अब खुल्ने वेबपेजमा तपाईंले थुप्रै अप्सन देख्न सक्नुहुनेछ तर अन्य सबै अप्सन यथावत (Default) राखी Symbol को ठाउँमा आफूले बेच्न चाहेको स्टकको Symbol, Qty को ठाउँमा आफूले बेच्न चाहेको कित्ता संख्या, Price को ठाउँमा आफूले उक्त स्टक कतिमा बेच्न चाहेको हो उल्लेख गर्नुहोस् ।
(Note : आफूले बेच्न चाहेको स्टकको price Maximum कति देखि Minimum कतिसम्ममा बेच्न मिल्छ भनेर तल LTP (Last Traded Price) को छेउमा Low र High भनेर दिईएको हुन्छ। तर Price सकेसम्म म्याच गरेर सेयर बिक्री गर्दा order छिटो execute हुन्छ र सेयर तुरुन्तै बिक्री हुन्छ। Price म्याच गर्न तल्लोपट्टी रहेको Top 5 Buy मा हेर्नुहोला। )
७) अब Top मा रहेको Dot लाई Sell पट्टी Slide गर्नुहोस् र तल रहेको Sell अप्सनमा क्लिक गर्नुहोस्।
यति गरिसकेपछि यदि तपाईंले Price म्याच गर्नुभएको छ भने तपाईंको सेयर तत्कालै बिक्री हुन्छ नत्र केही समय लाग्न सक्छ वा त्यो कारोबार दिनभरि म्याच भएन भने अर्डर Cancel हुन्छ र अर्को कारोबार दिनमा पुनः बेच्नुपर्ने हुन्छ। Order Complete भयो कि भएन भनेर Daily Order Book अप्सनमा क्लिक गरेर हेर्न सकिन्छ।
आई.पी.ओ. र एफ. पी.ओ भनेको के हो? यसका लागि कसरी आवेदन दिन सकिन्छ ?
यति गरिसकेपछि तपाईंले WACC calculate र EDIS गर्नुपर्ने हुन्छ। यदि तपाईंले आज सेयर बिक्री गर्नु भएको छ भने भोलि बेलुकासम्ममा WACC Calculate र EDIS गर्नुपर्ने हुन्छ नत्र 20% क्लोज आउट पेनाल्टी लाग्छ । WACC Calculate सेयर बेच्ने बित्तिकै गर्न मिल्छ तर EDIS गर्न सेयर बेचेको दिनको बेलुका वा भोलि बिहान सम्म पर्खिनुपर्ने हुन्छ ।
कसरी गर्ने त WACC calculate?
१) यसका लागि सबैभन्दा पहिला वेब भर्सनमा मेरोसेयर Login गर्नुहोस् ।
(Note: WACC Calculate मेरोसेयरको मोबाइल एप प्रयोग गरेर पनि गर्न सकिन्छ तर मोबाइल एपबाट WACC गर्दा कहिलेकाहीं समस्या देखिन्छ त्यसकारण WACC वेब भर्सनबाट गर्दा Better हुन्छ । WEB र App बाट WACC Calculate गर्ने प्रक्रिया एउटै हो।)
२) अब TOP Left corner मा रहेको तीनओटा लाइनमा क्लिक गर्नुहोस् र My Purchase Source मा क्लिक गर्नुहोस्। अब Purchase Source मा आफूले बेचेको सेयर search गरी Scrip को छेउमा रहेको Box मा Tick Mark लगाउनुहोस् र Proceed मा क्लिक गर्नुहोस्।

४) अब "I hereby declare that........" रहेको ठाउँमा Tick Mark लगाई Update मा क्लिक गर्नुहोस्।

तपाईंको WACC Calculate सफलतापूर्वक भएको छ ।
कसरी गर्ने त EDIS?
१) यसका लागि सबैभन्दा पहिला वेब भर्सनमा मेरोसेयर Login गर्नुहोस् ।
२) अब TOP Left corner मा रहेको तीनओटा लाइनमा क्लिक गर्नुहोस् र My Purchase Source मा क्लिक गर्नुहोस्। अब My Holdings मा आफूले बेचेको सेयरको Scrip Select गरी Scrip को छेउमा रहेको Box मा Tick Mark लगाउनुहोस् र Proceed मा क्लिक गर्नुहोस्।
३) अब "I hereby declare that........" रहेको ठाउँमा Tick Mark लागि Update मा क्लिक गर्नुहोस्।
४) अब पुन TOP Left corner मा रहेको तीनओटा लाइनमा क्लिक गरी My EDIS मा क्लिक गर्नुहोस् । त्यसपछि Transfer Shares मा क्लिक गर्नुहोस् र Settlement ID को View Details मा क्लिक गर्नुहोस् ।
५)अनि Contract No. मा Tick मार्क लगाई Proceed मा क्लिक गर्नुहोस् ।
६) अब "I agree to deliver above....." रहेको ठाउँमा Tick Mark लगाइ Confirm मा क्लिक गर्नुहोस् ।
तपाईंको EDIS पनि सफल भएको छ । अब केही दिनमा ब्रोकरले तपाईंको सेयर बेचेको रकम तपाईंको खातामा पठाइदिन्छ । यदि पेमेन्ट छिटो चाहिएको छ भने आफ्नो ब्रोकर अफिसमा सम्पर्क गर्नुहोला ।
ध्यान दिनुपर्ने कुरा
•Share दिनको 11 बजेदेखि 3 बजेसम्म मात्र बेच्न मिल्छ जसलाई कारोबार समय भनिन्छ। त्यसबाहेक ती दिनमा विहान १०ः३० बजेदेखि १०ः४५ बजेसम्मको १५ मिनेटको समयमा प्रि–ओपन सेसनमा पनि कारोबार गर्न सकिन्छ ।
•Share बेच्दा Order म्याच गर्दा अर्डर छिटो execute हुन्छ र सेयर तत्काल बिक्री हुन्छ र order complete हुन्छ ।
•10 कित्ता भन्दा कम Quantity को सेयर बेक्नुपर्दा Odd lot मा बेच्नुपर्छ।
हकप्रद शेयर र बोनस सेयर भनेको के हो? What are Right Share and Bonus Share?
Trading Procedure Video. This video is presented by Nepal Stock Exchance. © With NEPSE.
Tags
#Nepse #Share #Meroshare #Buy&Sell #WACC #EDIS #TMS #Broker #Nepalisharemarket #InvesterNepal #MyHoldings #Stock #IPO #SecondaryMarket #EarnProfit












Post a Comment